काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़द्धारा बीमा समितिका अध्यक्ष समक्ष सपथ ग्रहण गरेका छन् ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत मंसिर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोही मितिमा बसेको नवनिर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन भएका विवेक दुगड़ले बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशका ,२०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज सोमबार बिहान ११ः३० बजे बीमा समितिमा उपस्थित भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका छन् । सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिति रहेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19