काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६६ लाख ६१ हजार रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ७५ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म ८१ करोड ३३ लाख रुपैयाँ सापटी लिई १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ८४ करोड ८३ लाख रुपैयाँ सापटी लिई १ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार १.४० प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २ करोड २ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.६३ प्रतिशतमा झरेको छ। गत वर्ष एनपीएल ४.९४ प्रतिशत थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.८१ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १३.०७ रुपैयाँ थियो। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।