काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६० लाख २२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा संस्थालाई १४ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६० लाख २२ हजार सञ्चालन घाटा व्यहोरेको थियो। 

पहिलो त्रैमासमा संस्थाले १ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५९ लाख २७ हजार रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ११८.९१ प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.९५ प्रतिशत थियो। 

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ६.९७ प्रतिशतले घटेर २ करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २७ करोड ५६ लाख रुपैयाँ सापटी लिई ९१ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३१ करोड १० लाख रुपैयाँ सापटी लिई ८२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

वार्षिकीकृत संस्थाको ईपीएस बढेर ३.६८ रुपैयाँ, पीई रेसियो १८१.९६ गुणा र प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ रहेको छ।