काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडले आर्थिक वर्ष ०७६/७७ का लागि सेयरधनीलाई ११.४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

फाइनान्सको बुधबार अपरान्ह बसेको संचालक समितिको २२१ औं बैठकले २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि समेत) वितरणको निर्णय गरेको हो । 

हाल यो संस्थाको चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले ८ प्रतिशतले हुन आउने ६ करोड ४० लाख बराबरको बोनस सेयर र २ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ८६ करोड ४० लाख माथि पुग्नेछ । 

कम्पनीको प्रस्ताव राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १९ औं वार्षिक साधारणसबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।