काठमाण्डौ । फ्रान्सको इतिहासमै सबैभन्दा कान्छो उमेरका व्यक्ति प्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटललाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । योसँगै उनी फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् ।
 

वर्तमान शिक्षामन्त्री समेत रहेका उनी यो उमेरमा फ्रान्सको दोस्रो उच्च पदमा बस्ने सबैभन्दा कान्छा व्यक्ति बनेका छन् ।

एक सर्वेक्षणले म्याक्रोनका नजिकका सहयोगीको रुपमा परिचित उनी सबैभन्दा लोकप्रिय मन्त्री रहेको देखाएको छ । उनी फ्रान्सको पहिलो खुला समलिङ्गी प्रधानमन्त्री हुन् ।

सीएनबीसीले आफ्नो वेबसाइटमा अटलले आगामी जुन महिनामा हुने यूरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्ने उल्लेख गरेको छ ।

यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए ।

यसअघि २० महिने कार्यकाल सकिएपछि एलिजाबेथ बोर्नले भने प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल एक्समा अटललाई सम्बोधन गर्दै ‘मलाई थाहा छ म तपाइँको उर्जा र मैले घोषणा गरेको पुनस् सशस्त्रीकरण र पुनरुत्थान परियोजना कार्यान्वयन गर्ने तपाइँको प्रतिबद्धतामा भरोसा गर्न सक्छु’ भनेका छन्।

फ्रान्समा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्दछ ।

फ्रान्समा अघिल्लो निर्वाचनबाट म्याक्रोनको गठबन्धन दले दर्जनौं सिट गुमाएको थियो । जसका कारण उनका आर्थिक सुधारका परियोजनाहरु अपल्पतमा परेका छन् त्यहाँको सरकारले आप्रवासीहरुलाई बसोबासको इजाजत दिने तर रोजगारी, सेवा र सुविधा, आवास आदिमा भेदभाव गर्दै आएको, आप्रवासीहरुलाई छुट्याएर अलग्गै राख्ने गरेको लगायतका आरोप छन् ।

त्यहाँका युवाहरुले रोजगारीको न्युन अवसर, सेवा सुविधा कम हुँदा धेरै आप्रवासीहरुका बालबच्चासमेत शिक्षा, रोजगारी जस्ता अवसरबाट बञ्चित हुनुपरेको छ । -एजेन्सी