काठमाण्डौ । गोर्खाज फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको सञ्चालन मुनाफा २९ करोड ३८ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष कम्पनीलाई २७ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९९.७० प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ९३ लाख करोड रुपैयाँ रहेको थियो।
कम्पनीको रिजर्भको आकार ३५.५४ प्रतिशतले बढेर ९९ करोड ८३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७३ करोड ६५ रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर १०.४७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल १३.९१ प्रतिशत थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.०६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४०.३२ रुपैयाँले ऋणात्मक थियो।
पीई रेसियो ३१.०१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.२१ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago