भारतका केही ठाउँमा गोलभेँडाको मुल्य एकाएक आकाशिएको छ । 

भान्छामा अत्यधिक प्रयोग हुने गोलभेँडाको मुल्य एकाएक आकाशिएपछि आम नागरिकको भान्छा नै महङ्गो भएको अधिकारीहरूले बताएका छन् । 

पछिल्ला केही दिन गोलभेँडाको प्रतिकिलोको मुल्य ५० देखि ६० भारतीय रुपैँया रहेको व्यापारीहरूको भनाई छ । उनीहरुले गत बर्ष यही समयमा गोलभेँडाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयासम्म रहेको जनाएका छन् । 

कर्नाटकको स्थानीय उत्पादन घटेकाले टाढाबाट ल्याउदा मुल्य बढेको बताइएको छ । स्थानीय एक वासिम पस्चानले भन्नुभयो, “कर्नाटकमा गोलभेँडा नै उत्पादन भएको छैन, अहिले बजारमा आएको सवै महाराष्ट्रको नासिकबाट ल्याइएको हो, त्यसैले महङ्गो पर्न गएको हो ।”  

“तरकारीको मूल्य, त्यसमा पनि विषेशगरेर गोलभेँडाको मुल्य अत्यधिकमाथि पुगेको छ । गत हप्ता मात्रै प्रतिकिलो गोलभेँडाको मूल्य १० देखि १५ रुपैया मात्रै थियो,” गोलभेँडा बेच्ने एक व्यापारी नाइम पाशाले भन्नुभयो । 

उहाँका अनुसार कर्नाटकमा भिषण बर्षा भएपछि यहाँको गोलभेँडामा क्षति पुगेको र नाशिकबाट गोलभेँडा ल्याउनु परेकाले मुल्य आकाशिएको हो ।