काठमाण्डौ । भारतको गौतमबुद्ध नगर जिल्लामा अवस्थित नोएडा हाइटेक सहरका रुपमा परिचित छ। यहाँको जनसंख्या करिब २१ लाख रहेको छ।
आश्चर्यको कुरा त के छ भने यो सहरको आधाको हाराहारीमा रहेको जनसंख्या बैंक कर्जामा डुबेका छन्। अर्थात् त्यहाँका करिब ९.५३ लाख मानिसमाथि बैंकको भारु ६०९२६ करोड रुपैयाँको कर्जा छ।
जिल्लामा बैंकको प्रभारी अफिसर (एलडीएम) का अनुसार ९.५३ लाख ऋणीहरुमा २५ हजार १०० मानिस त यस्ता छन् जसले महिनौँदेखि कर्जाको साँवा–ब्याज भुक्तानी नै गरेका छैनन्। बैंकहरुले त्यस्ता ऋणीहरुलाई बैंक डिफल्टर घोषणा गरिसकेको छ।
गौतमबुद्ध नगर जिल्लामा ४२ बैंकका ५२२ शाखा छन्। लामो समयसम्म कर्जा भुक्तानी नभएका कारण बैंकका अधिकारीहरुले त्यस्ता ऋणीहरुको खाता अनुसन्धान गर्न थाल्यो। तब पत्ता लाग्यो कि २५ हजार १०० खाताधारीहरुले करिब ६ महिनादेखि कर्जा नै भुक्तानी नै गरेका छैन। कसैले त नियमित ईएमआईसमेत भुक्तानी गरेका छैनन्। यी खाताधारीहरुलाई बैंकहरुले करिब भारु ३५०० करोड रुपैयाँ कर्जा उपलब्ध गराएको देखिएको छ।
त्यसो बैंकहरुले यी खाताधारीहरुलाई सूचना जारी गर्दै यही डिसेम्बर १२ सम्म सम्बन्धित बैंकमा सम्पर्क गर्न र कर्जा भुक्तानी गर्न आग्रह गरेका छन्।
गौतम बुद्ध नगरका बैंक अधिकारीहरुका अनुसार कोरोनाकालमा कर्जा असुली १५ प्रतिशतले घटेको छ। यसको मुख्य कारण कतिपय मानिसको रोजगारी गुम्नु पनि हो।
जिल्लाका लिड डिस्ट्रिक्ट मेनजर वेद रत्नका अनुसार ९.५३ लाख मानिसमध्ये २५ हजार १०० खाताधारीको कर्जाका भुक्तानी रोकिएको छ।
अब १२ डिसेम्बरसम्म त्यस्ता ऋणीहरुले सम्बन्धित बैंकमा सम्पर्क नगर सबै बैंकहरु आफ्नो रिजनल अफिसमार्फत लोक अदालतमा जाने तयारीमा छन्। त्यसपछि अदालतले त्यस्ता ऋणीहरुलाई कर्जा भुक्तानीका लागि ३ महिनासम्मको सूचना जारी गर्न सक्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19