काठमाण्डौ । भारतका गौतम अडानी एशियाको दोस्रो धनाढ्य व्यक्ति बनेका छन्. । अडानी चीनका झोङ सानसानलाई उछिन्दै एशियाको दास्रो धनाढ्य बनेका हुन् । 

फोब्र्सका अनुसार उनको सम्पत्ति बढेर ६६.२ बिलियन अमेरिकी डलरबराबर पुुगेको छ । 

अडानी गुप्र अन्तर्गका कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै उनको सम्पत्तिमा वृद्धि भएको हो । 

उता ब्लुमबर्गको रिपोर्टका अनुसार सन् २०२१ मा सबैभन्दा धेरै सम्पत्ति वृद्धि हुनेमा अडानीले एलन मस्कलाई समेत उछिनेका छन् । 

गुजरात युनिर्भसिटी अहेमदाबादमा कमर्स अध्ययन गर्दागर्दै बीचमै पढाई छोडेर व्यवसायको महासागरमा होमिएका उनले यो स्थानमासम्म आइपुुग्न लामो संघर्ष गरेका छन् । अहिले अडानी गुप्रको साम्राज्य खडा गरेका छन् । जसको उर्जा विकास, तेल, रियल स्टेट र पूर्वाधार जस्ता अनेकौँ क्षेत्रमा लगानी रहेको छ । 

सन् २०२० को सुरुवाततिर अडानीले आदित्य स्टेटलाई करीब ४० करोड भारतीय रुपैयाँ(५.५ मिलियन ओरिकी डलर)मा खरिद गरेका थिए । यो प्रोपर्टी दिल्लीको सबैभन्दा महंगो बसोवास रहेको लुधियानामा रहेको छ । यो १.४ हेक्टर(३.४ एकण)क्षेत्रफलमा फैलिएको छ । जसमा २५ सय स्क्वायर फिट क्षेत्रफल भएको बंगला रहेको छ ।  

यस्तै सन् २०२० मा अडानी गुप्रले मुम्बई विमानस्थलको ७४ प्रतिशत स्वामित्व प्राप्त गरेको थियो । जसको परिणामस्वरुप अडानी गुप्र भारतको सबैभन्दा ठूलो निजीस्तरको एअरपोर्ट डेभलपर्स बन्न पुुगेको छ । उड्डयन क्षेत्रमा रहेको अभिरुचीका कारण गौतम अडानीका आफूसँग तीनवटा निजी विमान छन् । जसमा  बोम्बाडिएर च्यालेन्जर(७ लाख देखि ९ लाख डलरबराबरको), इम्ब्रेएर लिगेसी(१५ देखि १९ मिलियन डलर) र ह्वाकर(२ मिलियन डलर) छन् । अडानीसँग ट्राफिक जामबाट बच्नका तीनरवटा हेलिकप्टर पनि छन् । 

द टाइम्स अफ इन्डियाका अनुसार अडानीले सन् २०११ मा १५ सिटे अगस्टा वेस्टल्यान्ड एडब्लु हेलिकप्टर खरिद गरेका थिए । जसको मूल्य १.६५ मिलियन डलर(१२ करोड भारतीय रुपैयाँ) रहेको छ । 

आफ्नो सुरुवाती समयमा बजाजको स्कुटर चलाउने गरेका उनीसँग अहिले थुप्रै लक्जरी कारहरु छन् । जसमा बिएमडब्लु ७ सिरिज लिमोसिन, रोल्स रोयस घस्ट र रेड फेरारी क्यालिफोर्निया रहेका छन् । 

अडानीले सन् १९९६ मा आफ्नी श्रीमतिसँग मिलेर अडानी फाउन्डेसनको स्थापना गरेका थिए । उनी फाउन्डेसनको अध्यक्षका रुपमा छन् । यस फाउन्डेसनमार्फत अडानीले भारतभर रहेका समुदायहरुको कल्याणका लागि शिक्षा, स्वास्थ्य, सामुदायिक पूर्वाधार र दिगो जिवनयापनका लागि खर्च गर्ने गर्दछन् । 

इकोनोमिक्स टाइम्सका अनुसार सन् २०२० मा अडानीले  कोरोना विरुद्धको लडाईका लागि भारत सरकारले सुरु गरेको प्रधानमन्त्री सुरक्षा कोषमा १३.७ मिलियन डलर सहयोग गरेका थिए ।