काठमाण्डौ । अदानी ग्रूपका कम्पनीहरूको सेयरमा भएको तीब्र मूल्य बृद्धिका कारण गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् । 

भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी व्यक्तिको सूचीमा उनी परेका हुन् । केहि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले बृद्धि भएको छ । यसले समूहको कुल बजार पूँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। 
अडानीको कुल सम्पत्ति ६.५ बिलियन डलरले बढ्यो 
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको पूँजी एक दिनमा करिब ६.५ अर्ब डलर अर्थात् करिब ५४ हजार करोड रुपैयाले बढेको छ । विभिन्न कम्पनीहरुको सेयर मूल्य बढेपछि उनको नेटवर्थ बढेको हो ।

गौतम अडानीको सम्पत्तिमा यो बृद्धिपछि उनको कुल सम्पत्ति ६६.७ अर्ब डलर पुगेको छ । उनी शीर्ष २० धनीहरुको सूचीमा १९औं स्थानमा आइपुगपेका छन् ।

यति मात्र होइन, उनको उचाई एसियाकै धनीको श्रेणीमा आएको छ । उता रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीको सूची पनि बढेको छ । अडानीपछि अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पूँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।

धितोपत्रमा चलखेल र लेखासम्बन्धी जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम केहि महिना अगाडि यो श्रेणीबाट तल झरेका थिए ।उक्त प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहले धितोपत्र बजारमा आफ्नो ११ अर्ब डलर मूल्य गुमाएको थियो।

धितोपत्र बजारमा अदानी इन्टरप्राइजेज,अदानी पावर लिमिटेड,अदानी विल्मार,अदानी ग्रीन एनर्जी लिमिटेड,अदानी टोटल ग्यास लिमिटेड,अदानी ट्रान्समिसन लिमिटेड,अदानी पोर्ट्स लगायत १० वटा कम्पनीहरु सूचीकृत रहेका छन् ।-एजेन्सी