 
                     
                                
                             
                                    काठमाण्डौ। छिमेकी मुलुक भारतमा पछिल्लो ८ वर्षमा ग्यासको भाउ दोब्बरले बढेको छ।
भारतमा पछिल्लो ८ वर्षको अवधिमा घरेलु ग्यास प्रतिसिलेन्डर(१४.२ किलोग्राम)को मूल्य दोब्बरले वृद्धि हुँदै ९९९.५० भारु पुगेको हो। सन् २०१४ मार्च १ मा घरेलु ग्यासको(१४.२ किलोग्राम) मूल्य प्रतिसिलिन्डर ४१०.५ भारु थियो।
हाल दिल्लीमा प्रतिसिलिन्डर ग्यास सिलेन्डरको मूल्य ९९९.५० भारु र बिहारमा ११०० भारु पुगेको छ। त्यहाँ केही दिनअघि मात्रै प्रतिसिलेन्डर ग्यासको मूल्यमा भारु. ५० ले बढाइएको छ।
यसअघि गत मार्चमा पनि प्रतिसिलिन्डर ग्यासको मूल्य ५० भारुले नै वृद्धि भएको थियो। भारतका ५ वटा राज्यमा निर्वाचन सम्पन्न भएपछि भारतीय तेल कम्पनीहरुले गत मार्च २२ मा घरेलु ग्यास सिलेन्डरको मूल्य ५० रुपैयाँले वृद्धि गरेका थिए।
भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको मूल्यमा भने कुनै वृद्धि गरिएको छैन। गत मे १ मा व्यावसायिक ग्यासको मूल्य १०२ रुपैयाँले वृद्धि भएको थियो। जसपश्चात यसको मूल्य २३५५ भारु पुगेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19