काठमाण्डौ । दुई विकास बैंकले सीइओ र निमित्त सीइओ नियुक्त गरेका छन् । 

नेपाल ग्रामीण विकास बैंक लिमीटेडले नेपाल स्टक एक्सचेञ्जलाई बिहीबार सीइओ नियुक्तिको बिषयमा जानकारी दिएको हो । नेप्सेमा प्रकाशित सूचना अनुसार पर्वतकुमार कार्कीलाई बैंकको असोज ९ गते बसेको बोर्ड बैठकले सीइओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । उनको पदावधि असोज १० गतेदेखि नै सुरु भइसकेको छ । 

उता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडमा भक्तबहादुर खड्कालाई निमित्त सीइओ नियुक्त गरिएको छ । यो बैंकका सीइओ राजनप्रसाद खनाल बिरामी विदामा रहेका कारण बोहोरालाई निमित्त बनाइएको कम्पनीलाई उद्धृत गर्दै नेप्सेले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।