काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५९.४५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा २० करोड ६ लाख रुपैयाँ रहेको छ। यस्तो मुनाफा गत वर्ष यही अवधिमा १२ करोड ६८ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ५५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ५३ करोड ८१ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले यो अवधिमा ५ अर्ब १७ करोड सापटी लिई ११ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १० अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि २२.५९ प्रतिशतले बढेर ७७ करोड ८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ६२ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७८ रुपैयाँबाट बढेर ३६.३२ रुपैयाँ पुगेको छ। पीई रेसियो १८.०९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ भने १७८.४६ रुपैयाँ रहेको छ।