काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्यामकुमार कटुवाल नियुक्त भउका छन्।
वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले कटुवालालाई संस्थाकोे सीईओमाा वैशाख १४ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ कटुवाललाई आज अर्थ मन्त्रालयमा जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनीयताको सपथ गराएका छन्। उक्त अवसरमा सञ्चालक शिवहरि दंगाल, मनोजकुमार खड्का, भरतराज कोइराला र बागमती प्रदेश कार्यालयअन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका यस संस्थाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति थियो।
यसअघि श्री कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायममुकायम सीईओका रुपमा काम गरेका थिए। अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिब २८ वर्षभन्दा बढीको कार्यानुभव छ।
सञ्चालक समितिले कटुवाललाई नियुक्त गरेसँगै संस्थाले नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19