काठमाण्डौ । नेपाल ग्रामीण विकास बैकले तेश्रो वार्षिकोत्सवका उपलक्ष्यमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकले सामाजिक उत्तरदायीत्वअन्तर्गत रुपन्देही जिल्लाको  शुद्धोधन गाउँपालिका वार्ड नं. २ भुजौलीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवाको प्राविधिक सहयोग र बैंकको आयोजनामा भुजौली ईङ्गलिस बोडिङ्ग स्कुलको प्रा¨णमा भएको उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषेज्ञ, फिजिसियन तथा दन्तरोग विशेषेज्ञहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बैंकले लघुवित्त कार्यक्रमका साथै सामाजिक र रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै जाने  उद्देश्य अनुरुप स्वास्थ्य शिविरको  संचालन गरिएको बताए ।

सो स्वास्थ्य शिविरमा उक्त मेडिकल कलेजका प्रशासकीय अधिकृत तेजबहादुर केशीले आफूहरु सहयोगका लागि हरपल तत्पर रहेको बताउँदै नेपाल ग्रामीण विकास बैकका ग्राहक सदस्यहरुलाई भविष्यमा पनि निरन्तर रुपमा स्वास्थ्य सेवामा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए  । 

शनिवार विहान ८ बजे देखि सा“झ ५ बजेसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा भुजौली र आसपास क्षेत्रका करिब पा“चसयजना महिला, पुरुष, बृद्धबृद्धा तथा बालबालिकाहरुले चेकजा“च गरेका थिए । शिविरमा डा.हर्लिन वाली, डा.शुरेश श्रेष्ठ, डा.चन्द्रिमा कार्की, डा.कृति श्रेष्ठ, डा. आकाश, डा.निलम सुवेदी लगायतको टोलीले शिविरमा स्वास्थ्य चेकजा“च गरेका थिए ।

 यसैगरी, बैकले आइतवार विहान प्रधान कार्यालय बुटवलको परिसरमा  रक्तदान कार्यक्रमको  सम्पन्न गर्यो । रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की लगायत ३० जना कर्मचारी तथा विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।