काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने ३.७७ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकले १ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

दोस्रो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत ४ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत ३ करोड २ लाख रुपैयाँ आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ७९ लाख रुपैयाँ नै निक्षेप संकलन गरी ९७ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

गत वर्ष यही अवधिसम्म १ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा बढेर १ करोड ९२ लाख रुपैयाँ जम्मा भएको छ ।