काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago