काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) को मिति टुंगो लगाएको छ।
बैंक सञ्चालक समितिको गत फागुन २८ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। जसअनुसार बैंकको वार्षिक साधारणसभा यही चैत २८ गते शनिबार बस्ने भएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद लाभांश रहेका छन्।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19