“काठमाण्डौ । गत वर्षको अन्तिमतिर चीनको वुुहानबाट फैलन सुुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका १८५ भन्दा बढी देशहरुमा पुुगिसकेको छ । विश्वका २७ लाखभन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेका छन् र मृत्युु हुुनेको संख्या पनि २ लाख भन्दा धेरै पुुगिसकेको छ । भाइरसको तीव्र फैलावटलाई रोक्न विश्वभरका देशका सरकारहरुले लकडाउन र प्रतिबन्धका उपायहरु अबलम्बन गरिरहेका छन् । स्कुुल, सार्वजनिक यातायात, सीमा नाकाहरु सबै बन्द भएका छन् । यो प्रतिबन्धहरुलाई अन्तर्राष्ट्रिय मुुद्रा कोषले(आइएमएफ) “ग्रेट लकडाउन” को संज्ञा दिएको छ, जसले विश्वभरका आर्थिक गतिविधिहरुलाई ठप्प पारेर व्यापार व्यवसाय र लाखौं मानिसको रोजीरोटी खोसेको छ । 

“यो वास्तवमै विश्व संकटको अवस्था हो जसबाट कुुनै देश अछुुतो छैनन् ।” आइएमएफकी प्रमुुख अर्थशास्त्री गिता गोपिनाथले यो महिनाको सुुरुवातमा ब्लगमा लेखेकी थिइन् । प्रस्तुुत केही बुँुदा जसले कोरोना महामारीले कसरी विश्व अर्थतन्त्रलाई प्रभावित पार्यो भनेर देखाएको छ । 

बेरोजगार दरमा वृद्धि 
धेरैजसो अर्थशास्त्रीहरुले लकडाउन जस्ता उपायहरुले विश्वभरका कामदारहरुले तीव्र रुपमा काम गुुमाउने चेतावनी दिएका छन् । कतिपय अर्थतन्त्रले बेरोजगारको बढ्दो समस्याको सामना गरिरहेका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले बितेका ५ सातामा २ करोड ६० लाख रोजगारी काम गुुमाएको छ । मार्च महिनामा अमेरिकाको बेरोजगारी दर ४.४ प्रतिशत पुुगेको थियो । जुुन सन् २०१७ अगस्टपछिकै सबैभन्दा धेरै हो । 

अमेरिका एक्लैले मात्रै बढ्दो बेरोजगारी समस्याको सामना गरिरहेको छैन । अमेरिकाअलावा अष्ट्रेलिया र दक्षिण कोरियामा पनि बेरोजगार दरले आकाश छुुन थालेको छ । केही अर्थशास्त्रीहरुले अवस्था यो भन्दा पनि भयावह हुुन सक्ने चेतावनी दिएका छन् । युुरोप र एसियाका अर्थतन्त्रहरुले पनि तीव्र गतिमा रोजगारी गुुमाइरहेका छन् । 

सेवा क्षेत्र नराम्ररी प्रभावित 
धेरैजसो देशहरुका लागि सेवा क्षेत्र आर्थिक वृद्धि र रोजगारको प्रमुुख स्रोतका रुपमा रहँदै आइरहेको छ । यसमा विश्वका दुई ठूला अर्थतन्त्र र उपभोक्ता बजार भएका संयुुक्त राज्य अमेरिका र चीन समेत सामेल छन् । यी दुुई देशहरुमा लकडाउन र प्रतिबन्धका कारण बन्द भएका स्टोर र सुुपर मार्केटका कारण खुद्रा व्यापारमा व्यापक गिरावट आएको छ । अमेजनजस्ता अनलाइन खुुद्राकर्ताको बिक्रीमा बढोत्तरी आएपछि त्यसले खुुद्रा व्यापारमा आएको समग्र गिरावटलाई परिपूर्ति गर्न भने सकेको छैन । 

अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् कि लकडाउन र प्रतिबन्धहरु हटे पनि उपभोक्ताहरुले पुुनः पहिलेको जस्तै खर्च गर्ने छैनन् । अक्सफोर्ड इकोनोमिक्सका विश्लेषकका अनुुसार यसको प्रमाणको रुपमा चीनको खुुद्रा व्यापारलाई लिन सकिन्छ, जहाँ लकडाउनपछि पनि खुुद्रा बिक्रीमा सुुधार देखिएको छैन । घरायसी खर्चमा भइरहेको न्यून सुुधारलाई कारण देखाउँदै अर्थशास्त्रीहरुले लकडाउन हटेपनि उपभोक्ताहरु स्टोर र पसलहरुमा कम मात्रै जाने अनुुमान लगाएका छन् । 

कोरोनाको प्रभावका कारण विश्वका सेवा क्षेत्रहरु जस्तै यातायात, रियल स्टेट र पर्यटनको व्यापार शून्य हुँुदा नराम्ररी प्रभावित भएका छन् । 

उत्पादन गतिविधिमा कमी 
अमेरिका र चीन बीचको व्यापारयुुद्धका कारण बितेको दुुई वर्षदेखि कमी आइरहेको उत्पादन क्षेत्रमा विश्वभर फैलिएको कोरोनाको प्रभावले फेरी दवाब सिर्जना गरेको छ । कोरोनाको महामारीले सर्व्रप्रथम चीन बाहिरका उत्पादकहरुलाई प्रभावित पारेको थियो । किनकि ती उत्पादकहरुलाई आवश्यक पर्ने पार्टस र कच्चा पदार्थहरु चीनबाट आयात हुुने गर्दथ्यो । चीनले लकडाउन लागू गरेको हुुनाले चीन बाहिरका उत्पादकहरुलाई आवश्यक पर्ने (“इन्ट्मेडियट गुुड्स ”) सामानहरु निर्यात हुुन पाएको थिएन । तर, चिनियाँ उद्योगहरु सञ्चालन हुुन सोचेभन्दा धेरै समय लाग्यो । 

विश्वमा लकडाउन गर्ने देशहरुको संख्या बढ्दै जाँदा धेरैजसो उत्पादकहरु प्रभावित बन्न पुुगेका छन् । केही उत्पादकहरुले अस्थायीकालका लागि उत्पादन बन्द गरेका छन् । उत्पादन खुुल्ला राखेका उत्पादकहरुले पनि  इन्टरमिडियट गुुड्स र कच्चा सामाग्री आपूर्तिमा प्रतिबन्धको सामना गरिहरका छन् । अर्काेतर्फ उत्पादकहरुले वस्तुुको मागमा आएको गिरावटको सामना गरिरहेका छन् । 

व्यापारको लागि अर्काे खराब वर्ष 
सन् २०१९ मा पहिले नै सुुस्त बनेको विश्वको व्यापारमा यो वर्ष झनै तीव्र गिरावट आउने निश्चितप्राय छ । वल्र्ड टे«र्ड अर्गनाइजेसनले यो वर्ष विश्वको व्यापारमा १२.९ देखि ३१.९ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको छ । यो आँकडा विश्वको अर्थतन्त्रमा थालिने सुुधारका प्रयासहरुमा थपघट हुुनेछ । अर्गनाइजेसनका अनुुसार दुुवै परिस्थतिमा विश्वका सबै क्षेत्रहरुको आयात र निर्यातमा दुुई अंकको गिरावट आउने छ । 

सन् २०२० मा विश्व अर्थतन्त्रमा संकुुचन
कोरोनाभाइरसको महामारीले निम्त्याएको नकारात्मक प्रभावका कारण कयौं संस्थाहरुले आफूले पहिले प्रक्षेपण गरेका आँकडाहरुलाई घटाएका छन् । अन्तर्राष्ट्रिय मुुद्रा कोषले यो वर्ष विश्वको अर्थतन्त्रमा ३ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको छ । आइएमएफका अनुुसार चीन र भारतजस्ता देशहरुको अर्थतन्त्रमा मात्रै केही सुुधार देखिनेछ । तर, आइएमएफले अर्काे वर्ष भने विश्वको अर्थतन्त्रमा ५.८ प्रतिशतको उछाल आउने प्रक्षेपण गरेको छ । तर यो उछाल आइएमएफले महामारी फैलनुुअघि गरेको प्रक्षेपणभन्दा आधा मात्रै हो । २०२० र २०२१ मा कोरोनाको महामारीका कारण विश्वको जीडीपीमा समग्र रुपमा ९ ट्रिलियन डलरको घाटा लाग्ने छ । जुन जर्मनी र जापानको अर्थतन्त्रको एकिकृत जीडीपीभन्दा पनि धेरै हुुन आउँछ ।