Merger
काठमाण्डौ । राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक लिमीटेडलाई खरीद गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकमा बिलय हुने भएपछि प्यासिफिक बैंकको सेयर कारोबार बुधबारदेखि निलम्बनमा परेको छ । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब हुनुपर्ने नीति लिएको छ । यही नीति अनुसार तोकिएको पूँजी पुर्याउन पछिल्लो समय बैंक तथा बित्तीय संस्थाबीच मर्जर र एक्वीजिसनको लहर नै चलेको छ ।
एक्वीजिसनमा गएको प्यासिफिकको चुक्तापूँजी १० करोड ८९ लाख रुपैयाँ रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ करोड ९९ लाख खूद नाफा आर्जन गरेको थियो ।
यसैगरी, ग्लोबल आइएमई बैंकको चुक्तापूँजी ६ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा १ अर्ब ३ करोड खूद नाफा आर्जन गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19