काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ग्लोबल आइएमई समुन्नति स्कीम १ को नेट एसेट भ्यालू(एनएभी)मा वृद्धि भएको छ ।

फागुन मसान्तसम्म ८ रुपैयाँ ७४ पैसाको न्यून बिन्दुमा रहेको एनएभीले चैत मसान्तसम्म आइपुग्दा प्रति इकाई मूल्यलाई जितेको हो । यो अवधिमा यसको एनएभी वृद्धि भई १० रुपैयाँ ३१ पैसा  पुगेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ हो ।

कुल १ अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म सूचिकृत कम्पनीहरुको सेयरमा ५४ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै १४ करोड ४६ लाख रुपैयाँ सूचिकृत नभएका सेयरमा लगानी गरेको छ ।

फागुन मसान्तसम्म १७ करोड ३० लाख रुपैयाँ रहेको घाटालाई घटाएर चैत मसान्तसम्म १ करोड ५२ लाखमा झार्न कम्पनी सफल भएको छ ।

सूचिकृत कम्पनीमा रहेको कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नबील ब्यालेन्स फण्डको १२ लाख ३७ हजार कित्ता खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नबील बैंक लिमीटेडको प्रोमोटर सेयरमा ३ करोड ३ लाख रुपैयाँ रहेको छ ।