काठमाण्डौ । ग्लोबल आइएमई समुुन्नत योजना १ को प्रति इकाई खूद सम्पत्ति मूल्यमा सामान्य बढोत्तरी भएको छ । 

भदौ मसान्तसम्म १०.२८ रुपैयाँ रहेको प्रति इकाई खूद सम्पत्ति मूल्यमा सामान्य बढोत्तरी भई असोज मसान्तसम्म १०.३४ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ६९ करोड ६९ लाख लगानीगरेको छ । सूचिकृत नभएका सेयरमा ४ करोड ८२ लाख लगानी गरेको स्किमले बैंक मुद्धती निक्षेपमा १० करोड लगानी गरेको छ । यो अवधिमा स्किमले ६८ लाख ब्याज आम्दानी गरेको छ । प्राप्त भइनसकेको आमदनी १ करोड रुपैयाँ रहेको छ । 

असोज मसान्तसम्म स्किम ८ करोड ७० लाख नाफामा छ । भदौ मसान्तसम्म यस्तो नाफा ८ करोड ११ लाख रुपैयाँमा सीमित थियो । 

यो स्किमले १८ वाणिज्य बैंक, १५ विकास बैंक, २० माइक्रोफाइनान्स, ५ फाइनान्स कम्पनी, ४ जलविद्युत कम्पनी, ६ लाइफ इन्स्योरेन्स, ८ ननलाइफ इन्स्योेरेन्स, ३ होटल, २ म्युुचुुअल फण्ड, एक प्रिफरेन्स सेयर र अन्य २ कम्पनीमा लगानी गरेको छ । 

सबैभन्दा धेरै कित्ता हिमालयन बैंक लिमीटेडको ४६ हजार १ सय ३० खरीद गरेको छ ।  रकमको हिसाबले धेरै लगानी पनि ४ करोड ११ लाख लगानी हिमालयन बैंकमै गरेको छ ।