काठमाण्डौ । आफूलाई टप बैंक बनाउने कसरतमा रहेको ग्लोबल आइएमई बैंकले समेत नाफामा सन्तुलन बनाउन सकेन । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा करिब ७ करोड(१६.०९ प्रतिशत)ले घटेको हो । 

अघिल्लो आबको पहिलो त्रैमासमा ४२ करोड ९ लाख नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा भने ३५ करोड ३२ लाख मात्र नाफा कमाउन सक्यो । 

बैंकले व्यवसाय बिस्तार गर्न नसक्दा खूद ब्याज आम्दानीमा पनि पहिरो गएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ८२ करोड ३५ लाख रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा ६९ करोड २७ लाखमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८० अर्ब ३४ करोड निक्षेप संकलन गरी ६७ अर्ब १६ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको निस्क्रिय कर्जा १.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १.७१ प्रतिशतको उचाईमा थियो । बैंकले यो अवधिमा रिजर्ब कोषलाई भने  िनिकै मजबुत बनाएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमा ४ अर्ब ३८ करोड जम्मा भएको छ । यसरी रिजर्ब कोषमा १२२ प्रतिशतको प्रगति भएको देखिन्छ । 

अघिल्लो आबको पहिलो त्रैमासमा ७ अर्ब १५ करोड रहेको चुक्तापूँजी बढेर समीक्षा अवधिमा ८ अर्ब ८ करोड पुुगेको छ । पूँजी बढे अनुसार नाफा बढ्नुुपर्नेमा उल्टो घट्दा यसले प्रतिसेयर आम्दानीतर्फ पहिरो ल्याएको देखिन्छ । 

अघिल्लो आबको पहिलो त्रैमासमा वार्षिकीकृत प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा रहेकोमा घटेर समीक्षा अवधिमा १७ रुपैयाँ ४८ पैसामा सीमित बन्न पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.०८ गुणा कायम भएको छ ।