काठमाण्डौ । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । 

बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

लण्डनबाट एमबिए गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग बैंकिङ्ग क्षेत्रमा ३० बर्ष लामो अनुुभव छ ।

उनले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तत्कालीन एनआइसी बैंक गएका थिए । 

एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रक्रिया थाल्न त्यहाँ गएका थिए । लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ । उनले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव सँगालेका छन् । 

त्यसपछि उनले तात्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरेका थिए । तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मुु. प्रमुख कार्यकारी अधिकृत हँुदै उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन् ।