काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मंसिर १२ गते मंगलबार बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा आफ्नो ५१ औ र १३ गते बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा ५२ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा सुरु गरिएको सेवाका लागि स्थानीय अर्जुनबहादुर कुवँरलाई र बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा सुरु गरिएको सेवाको स्थानीय नरबहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
२०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५२ शाखा रहित बैंकिङ्ग सेवा छन् ।
त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिणकोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago