काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले  सोंचेजस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छाबमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ । 

यसका साथै, सोंचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्क रुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षका लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।

ग्राहकहरुमा नियमित बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समय समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवाकेन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।