काठमाण्डौ । ग्लोबल आइएमई बैंकले वडा दसैँको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो” भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । 

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखि रु. ५०० सम्मको नगद फिर्ता हुनेछ ।

यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुने बताइएको छ । 

यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दसैँ (दशमी) को दिनसम्म लागू हुनेछ । 

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउने बैंकले जनाएको छ । 

यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात्  बडा दसैँ (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।