काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज(फागुन १५ गते)देखि ऋणपत्र निश्कासन गरेको छ ।
बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिवेञ्चर–२०८०र८१’ निश्कासन गरेको हो ।
प्रतिकित्ता १००० दरले १५ लाख कित्ता ऋणपत्रमा छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिन सकिनेछ ।
कुल निश्कासित १५ लाख कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणका लागि, ३ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।
ऋणपत्रमा लगानीकर्ताले १०.२५ प्रतिशत वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यो ब्याज बैंकको मुद्धती निक्षेप भन्दा राम्रो हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
एआइबिएल एस क्यापिटल ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
इच्छुक लगानीकर्ताले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंकमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एलए माइनस’को रेटिङ प्रदान गरेको छ, जसको अर्थ यसमा लगानी गर्नु कम जोखिम रहेको भन्ने हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago