काठमाण्डौ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ । 
उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन बीच एक आपसमा व्यवसायिक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको बताइएको छ । 

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर वेन्डि वार्नर, आवासिय प्रतिनिधी रेहेना रासिद लगायतको उपस्थिति थियो । इन्टरनेशनल फाईनान्स कर्पोरेसन विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुका लागि लगानी तथा व्यवसायिक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।