काठमाण्डौ । यतिबेला चीनलाई भारतीय मिडियाले निशाना बनाएका छन् । कोरोनाभाइस विश्वभर फैलिएपछि र यसले महामारीको रुप लिएपछि भारतीय मिडियाहरुले चीनलाई यसको मुुख्य जिम्मेवार ठहराएका छन् ।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तोमा भारतको एक ठूलो तप्का चीनलाई जानीजानी कोरोनाभाइरस फैलाएको भन्दै आरोप लगाइरहेको छ ।
भारतीय मिडियाहरुले कोरोना रोकथाममा विश्व स्वास्थ्य संगठनले खेलिरहेको भूमिकामाथि पनि प्रश्न उठाइरहेका छन् । कोरोना फैलाउन चीनको हात रहेको छ भन्ने थियोरी भारतका मुुलधारका मिडियाहरुमा व्यापक रुपमा चलिरहेको छ ।
भारत सरकारले २४ मार्चबाट लकडाउन गर्ने निर्णय गरेपछि भारतमा चीनविरोधी सेन्टीमेन्ट बढिरहेको छ । भारतीय मिडिया र विशेषज्ञहरुले कोरोना फैलनुमा चीनको भूमिका माथि प्रश्न उठाइरहेका छन् ।
चिनिया षड्यन्त्रको थियोरी
भारतीय मिडिया मात्रै नभई भारतीय जनता पनि चीनलाई कोरोना फैलाउनमा दोषी ठहराइरहेका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत चीनले कोरोना फैलाएको भन्दै आफ्ना अभिव्यक्तिहरु दिइरहेका छन् ।
चीनले कोरोना फैलाएको भन्ने थियोरी हालसम्म ब्लग्स् , सामाजिक सञ्जाल, पोस्टर र केही अतिरञ्जीत टिभि च्यानलहरुमा मात्रै सीमित थियो । तर अहिले मुुलधारका मिडियाहरु नै यो थियोरीको बढावाका लागि लागिपरेका छन् । यी मिडियामाहरुमा कतै चिनले जैविक हतियार बनाएर विश्मा फैलाएको त हैन ? भनेर आशंका गर्न थालिएको छ ।
कोरोनाभाइरसको सुुरुवाती चरणमा अग्रपंक्तिका भारतीय मिडिया निश्पक्ष र संयमित भएर समाचार कभरेज गरिरहेका थिए । तथापि केही टिभी च्यानल भने चिनले जैविक हतियारको परिक्षणको रुपमा कोरोनाभाइरस तयार गरेको भन्दै आधारहिन आरोप लगाइरहेका थिए ।
अर्कोतर्फ प्रमुुख भारतीय आउटलेट्स तथा विशेषज्ञहरु चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका भारतीयलाई निकाल्न लागिपरेका थिए । तर अहिले तीनै प्रमुुख आउटलेट्स र विशेषज्ञहरु चीनले कोरोना फैलाएको भन्दै चीनमाथि खनिइरहेका छन् ।
चीनविरुद्ध आरोप
भारत सरकार कोरोनाभाइरस रोक्न र नियन्त्रण गर्न चीन सरकारसँग सम्पर्कमा छ। तर भारतका केही प्रभावशाली मिडिया, आउटले्टस र विशेषज्ञहरु यो भाइरस फैलनमा चिनलाई जवाफदेहिता दिन माग गरिरहेका छन् । २४ मार्चमा भारतका लागि चिनीया राजदुुत सुुन विडिंगोले ट्ीवट गर्दै भारतीय विदेशमन्त्री एस जसशंकर र चिनिया समकक्षी वांग यि ले फोनमा कुुरा गरेको बताएका थिए । कुराकानीको क्रममा जयशंकरले भारतले कोरोनाभाइरसलाई चिनीया भाइरस नभन्ने सहमति जनाएको बताएका थिए । तर भारतिय मिडिया चीनले कोरोनाभाइरस फैलाएको भन्दै अनेक मुुद्धाहरु उठाइरहेका छन् । यसमा चीनले सुुरुवाती अवस्थामा सही ढंगले भूमिका नखेलेकोदेखि लिएर भाइरस बनाएर विश्वमा फैलाएको भन्ने जस्ता आरोपहरु समावेश छन् ।
भारतमा कोरोना रोकथामका लागि २५ मार्चबाट लकडाउन सुुरु भएसँगै चाइनीज भाइरस र चाइनिज भाइरस१९ जस्ता ह्यासट्याग सामाजिक सञ्जालमा व्यापक रुपमा फैलियो । यसको माध्यमबाट चीनलाई पुुरै विश्वमा भाइरस फैलाएको भन्दै दोषी ठहराइँदै छ ।
जानीजानी गरिएको लापरवाही
सेक्युुरिटी तथा स्ट्राटीजीक अफेयर्स एनालिष्ट प्रमुुख नितिन ए गोख्लेले भाइरस फैलाउन चिनिया अधिकारीले जानीजानी नजरअन्दाजी गरेको बताएका छन् । उनले चीनले सारा विश्वलाई संकटमा धकेलेकाले उसले यसको जवाफ दिनुुपर्ने बताएका छन् ।
त्यस्तै लोकप्रिय अखबार दैनिक जागरणमा छापिएको एक टिप्पणीमा चीनले जैविक हतियारको रुपमा कोरोना फैलाएको प्रमाण भेट्न मुुश्किल भए पनि चीनको वुुहान सहरलाई कोरोनाको मुुख्य अनुुसन्धान केन्द्र बनाइएको विषयलाई नजरअन्दाज गर्न नसकिने जनाइएको छ । टिप्पणीमा चीनको वुुहानबाट बाँकी विश्वमा कोरोना फैलाइएको भनेर उल्लेख गरिएको छ ।
संकटको माध्यमबाट कमाई
अंग्रजी भाषाको एक प्रमुुख टिभि च्यानल इन्डिया टुुडेका उद्घोषक शिव अरुरले चीनले कोरोनाभाइरस तयार गरेको भनेर आरोप लगाएका छन् । यसका साथै उनले चीनले अन्य देशलाई औषधि र पर्सनल प्रोटेक्टिभ इक्युुप्मेन्ट (पिपिइ) बेचेर पैसा कमाएको आरोप लगाएका छन् । उनले चीनलाई एउटा अविश्वसनीय, विश्वासघाति देशको संज्ञा दिएका छन् जो पूरै विश्वका लागि खतरा भएको छ ।
विश्व स्वास्थ्य संगठनलाई पनि चीनसंग मिलेको आरोप
सत्ताधारी पार्टी भारतीय जनता पार्टी(भाजपा)ले कोरोना फैलनुमा चीनको हात रहेको भनेर कुुनै आरोप लगाएको छैन । तर उसको एक सहयोही संगठनले अवस्थालाई बिगार्न चीनसंग विश्व स्वास्थ्य संगठन मिलेको आरोप लगाएको छ । स्वदेशी जागरण मञ्चले कोरोनाभाइरसको नामाकरण चिनियाँ भाइरस भनेर राख्नुुपर्ने माग राखेको छ ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ माथि पनि प्रश्न
स्वदेशी जागरण मञ्चका संयोजक अश्विीनी महाजनकाले कोरोनाभाइरस फैलनमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई)को भूमिका माथि विश्व अनुुसन्धानको माग गरेका छन् । उनले यो भाइरसले बिआरआइ पार्टनर भएका देशका मानिसलाई बण्ी मारिरहेको बताएका छन् । जसमा इरान र इटली समावेश छन् ।
चीनमाथि प्रोपागन्डा क्पाम्पेनको आरोप
भाइरस फैलिएपछि भारतका कयौ पत्रकार र मिडिया आउटलेट्सहरुले अहिले चीन झुठ बोलेर आफूलाई बचाउने प्रयत्न गरिरहेको बताइरहेका छन् । स्ट्रायटिजिक अफेयर्स एक्सपर्ट प्रमुुख ब्रह्रा चेल्लानीले एउटा अंगे्रजी म्यागेजिनमा अब चीन विश्वमा ग्लोबल लिडरको रुपमा रिब्रान्डीङ गर्न आक्रामक रुपमा लागिपरेको बताएका छन् ।
चेल्लानीले चीनको सार्वजनिक कुुटनीतिमा ट्वीटर र अन्य सामाजिक सञ्जालका मञ्चहरुको प्रयोग समावेश भएको आरोप लगाएका छन् । जसका माध्यमबाट विश्वमा गलत सूचना र तथ्यहरु फैलाइएको बताएका छन् ।
– बिबिसीको सहयोगमा तयार पारिएको रिपोट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago