काठमाण्डौ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पदमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले पुराना र अनुभवी बैंकर बज्राचार्यलाई रिक्त प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बज्राचार्यले सीइओको रुपमा भदौ १ गतेदेखि नै काम गर्न थाल्ने बैंकका एक संचालकले बिजशालालाई बताए ।
उनी दोश्रोपटक ग्लोबल आईएमई बैंकको सीइओ नियुक्त भएका हुन्।
पर्शुराम कुँवरले कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको सीइओ पद खालि थियो । महेश ढकालले निमित्त सीइओको रुपमा बैंक हाँकिरहेका थिए ।
यसअघि सनराइज बैंकको सीइओ रहेका बैंकर बज्राचार्य कुलिङ सम्बन्धी व्यवस्थाका कारण बीचमा कुनै पनि संस्थामा आबद्ध भएका थिएनन् ।
ग्लोबल आइएमई बैंकले जनता बैंक गाभेपछि ठूलो भएको संस्थालाई बज्राचार्यले कुशलतापूर्वक हाँक्ने अपेक्षा गरेको संचालकहरुको भनाई छ ।
नेपाल राष्ट्रबैंकमा २० वर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19