काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७४/७५ र २०७५/६६ को क्रमशः पाँचौँ र छैटौँ वार्षिक साधारणसभा डोकेको हो। सभा यही माघ १५ गते काठमाण्डौको पक्नाजोलस्थित होटेल मुनलाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
बैठकले ती दुवै वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन। तसर्थ कम्पनीका सेयरधनीहरु खालि हात हुने भएका छन्।
सभा विशेष प्रस्ताव केही पनि छैन। सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने दुईजनालाई नियुक्त गर्ने सामान्य प्रस्ताव पारित हुनेछ।
ती दुवै वर्षका लागि वार्षिक र लेखापरीक्षक प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19