काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २३ गते काठमाण्डौको मक्नाजोलस्थित होटेल मुनलाइटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। सोही सभाले गत आर्थिक २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसपालि कम्पनीले सेयरधनीहरुलाई खाली हात बनाउने भएको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।
सभा प्रयोजनका लागि कम्पनीले आउँदो वैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १५ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19