file photo
काठमाण्डौ । सिद्घार्थ बैंकले श्रावण १५ गते आइतबारका दिनदेखि रौतहटको चन्द्रपुर र धनकुटाको धनकुटा बजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले ती शाखा कार्यालयहरुमार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
बैंकले हाल देशभर रहेका ७२ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तसम्म बैंकले रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधिमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१ करोड र कर्जा लगानी रु. ६६ अर्ब ६ करोड रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago