काठमाण्डौ। भारतको चर्चित साइकल उत्पादन कम्पनी एटलसले आफ्नो सबै उत्पादन बन्द गरेको छ।
कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीका कारण उत्पन्न वित्तीय समस्याका कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ। ‘अहिलेको पस्थितिमा साइकल उत्पादन गर्न सकिने अवस्था छैन’, विज्ञप्तिमा भनिएको छ।
कम्पनीको उत्पादन बन्द भएसँगै बुधबारबाटै कार्यरत सबै कर्मचारीलाई बिदा दिएको छ। अर्थात् त्यहाँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यरत सात सय बढी कर्मचारी बेरोजगार बन्न पुगेका छन्।
यो कम्पनीको मुख्यालय भारतको हरियाणामा छ। कम्पनीले सन् १९५१ बाट साइकल उत्पादन सुरु गरेको थियो।
पछिल्ला केही वर्षदेखि यो कम्पनीले आर्थिक संकट व्यहोर्दै आएको छ। अहिले कोरोनाभाइरस महामारीका कारण झनै यो कम्पनी समस्याग्रस्त बनेको छ।
आर्थिक संकटकै कारण कम्पनीले सन् २०१४ मा मध्यप्रदेशको मलानपुरस्थित इकाइ र २०१८ मा सोनिपटस्थित एकाइ बन्द गरिसकेको छ।
हाल कम्पनीको एउटा एकाइमात्र सञ्चालनमा थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19