 
                     
                                
                             
                                    काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा महँगी बढ्न सक्ने चेतावनी दिएको छ।
आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई प्रोत्साहित गर्ने पनि जनाएको छ। चामल निर्यातमा लगाइएको प्रतिबन्धलाई लामो समयसम्म निरन्तरता दिँदा विश्वभर महँगी बढ्न सक्ने आईएमएफले जनाएको छ।
भारत सरकारले गत जुलाई २० बाट गैरबासमती सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतबाट हुने चामलको कुल निर्यातमध्ये गैरबासमती चामलको हिस्सा २५ प्रतिशत रहेको थियो।
आईएमएफका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्चसले अहिले परिस्थितिमा यस प्रकारको प्रतिबन्धले बाँकी विश्वको खाद्य मूल्यमा अस्थिरता ल्याउन सक्ने आशंका व्यक्त गरेका छन्। ‘यतिमात्रै यस किसिमको प्रतिबन्धले अरुले पनि भारतसँग बदला लिने कदम उठाउन सक्छन्’, उनले भने, ‘त्यसैले भारतलाई यो प्रतिबन्ध हटाउन आईएमएफले प्रोत्साहित गर्नेछ। किनकि यसले विश्वभर नकारात्मक असर पर्न सक्छ।’
भारतबाट गैरबासमती चामल विशेषगरी थाल्यान्ड, इटली, स्पेन, श्रीलंका र अमेरिका निर्यात हुने गरेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19