काठमाण्डौ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनमासंशोधन गरेको छ।
राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई साढे २ वर्षका लागि रिसेड्युल गरेको छ। केन्द्रीय बैंकले चालुपुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो। योसँगै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्ने छन्।
यसैगरी राष्ट्र बैंकले १ करोडसम्मको चालुपुँजीको सीमा निर्धारण गरेको छ। यसअघि ५० लाखसम्मको चालुपुँजीको सीमा निर्धारण गरिएको थियो।
समग्र बैंकिङ प्रणालीबाट कुल रु. १ करोड वा सोभन्दा कम चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालुपुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही चालुपुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शनबमोजिम हुनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी संशोधित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले पर्मानेन्ट वर्किङ क्यापिटल निडका लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गरिनुपर्ने उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19