काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूूचना जारी गर्दै चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य राखिएको जानकारी गराएको हो। चालु आर्थिक वर्षको मंसिर १२ बाट राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनेछ।
दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासमा ८ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ। यस्तै चौथौ त्रैमासमा १ खर्ब ३ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको जनाएको छ। जसमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी हुनेछ।
तेस्रो त्रैमासमा उठाइने ८८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋणमा ६० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, २ अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी रहेको राष्ट्र बैंकले गरेको छ।
यस्तै चौथौ त्रैमासमा कुल १ खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको राष्ट्र बैंकले ट्रेजरी बिलबाट ७५ अर्ब रुपैयाँ, विकास ऋणपत्रबाट ६० रुपैयाँ, नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago