काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईदिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम चितवनको सौरहामा सम्पन्न गरेको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न जिल्लाका गरी ३३ वटा शाखाका शाखा प्रबन्धकको उपस्थिति थियो। 

तालिम कार्यक्रममा संस्था नायब कार्यकारी अधिकृत सरोजकुमार सिंह, कर्जा विभाग प्रमुख ललितप्रसाद चौधरी, मानव संसाधन तथा सामान्य प्रशासन विभाग प्रमुख रमेश चौधरी, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख विजय यादवलगायतले सहजीकरण साथै प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बारे छलफल, एएमएल÷सीएफटी, कर्मचारी अनुशासन, लेखापरीक्षण, कर्जा सदुपयोगिता, जोखिम व्यवस्थापनलगायतका विषयमा सहजीकरण गरिएको थियो।

तालिम कार्यक्रमलाई समापन गर्दै प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले कर्मचारीहरुलाई सेवाग्राही सदस्यहरुको गुनासो व्यवस्थापन गर्न, सकारात्मक भावनासहित उच्च मनोबल राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए।