काठमाण्डौ । भारतले चीन र हङकङबाट आउने नयाँ वैदेशिक पोर्टफोलियो लगानीलाई कडा छानबिन गर्नका लागि नियमहरुको मस्यौदा पारित गर्ने प्रस्ताव गरेको छ । 

भारत सरकारले कोरोना महामारीकाबीच वैदेशिक लगानीको प्रवाहलाई रोक्नका लागि गरेको यो पछिल्लो प्रयास हो । 

यो विषयको छलफल भारत सरकारले भारतसँग सिमा नाका जोडिएका देशहरुबाट भित्रिने सम्पूर्ण प्रत्यक्ष लगानीलाई छानविन गर्ने भनेपछि सुुरु भएको थियो । जुन कदमलाई भारतले कोरोना महामारीका कारण मूल्य घटेको बेला सेयर किनेर कम्पनी अधिग्रहण गर्ने उद्देश्य लिएका लगानीकर्तालाई रोक्नका लागि महत्वपूर्ण कदमको रुपमा लिएको जनाएको छ । 

भारत सरकारको यस्तो कदमलाई चीन सरकारले विभेदपूर्ण भएको भनेर व्याख्या गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी भनेको कम्पनीको व्यवस्थापनमा दिर्घकालिन नियन्त्रण राख्ने लामो अवधिको प्रत्यक्ष लगानी हो । तर अधिकारीले सरकारको नीतिगत परिवर्तनका कारण चिनियाँ लगानीकर्तालाई भारतमा पोर्टफोेलियो लगानीको रुपमा लगानी बढाउन प्रेरित गर्न सक्ने चिन्ता प्रकट गरेका छन् । 

यसका साथै आफ्नो नियन्त्रण बढाउनका लागि कम्पनीहरुको इक्युुटीजस्ता सेक्युुरिटीहरु खरीद गर्नसक्ने अधिकारीहरुले बताएका छन् । 

दुुई उच्च सरकारी स्रोतका अनुुसार भारतले चीन र चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको हङकङबाट भित्रिने प्रत्यक्ष वैदेशिक लगानीको आवेदकहरुको छानविनका लागि एउटा निकाय खडा गर्न सक्नेछ । 

भारतीय अधिकारीहरुका अनुुसार भारतको व्यापार मन्त्रालय र पूँजीबजारको नियामक भारतिय धितो र विनिमय बोर्ड(सेबि)सँगको परामर्शमा मस्यौदाको प्रस्ताव तयार गरिएको छ र अहिले भारतको संघीय वित्त मन्त्रालयले यसको समीक्षा गरिरहेको छ । यस विषयमा भारतको वित्त मन्त्रालय र व्यापार मन्त्रालयले प्रतिक्रिया जनाउन इन्कार गरेका समाचारमा उल्लेख छ । 

बाह्य स्रोतका अनुुसार भारतले चीन सरकारबाट सञ्चालित कम्पनीहरुलाई भारतका कम्पनीहरुको सेयर खरीद गर्न रोक्नका लागि यस्तो कदम चालिरहेको छ । भारतले चीनलाई प्रत्यक्ष रुपमा संकेत नगरे पनि भारतसँग सीमा जोडिएको देशहरुबाट आउने प्रत्यक्ष वैदेशिक लगानीमाथि छानबिन गर्ने जनाएको छ । अहिले तत्कालका लागि यो नियम अन्य देशका लागि पनि लागू हुुन्छ भनेर स्पष्ट भइसकेको छैन र यसका साथै अहिले विद्यमान रहेका रजिष्र्टड एफपिआईहरुलाई पनि छानबिन गरिन्छ वा गरिदैन भनेर केहि खुुलाइएको छैन । 

भारतको वित्तीय बजारमा वैदेशिक पोर्टफोलियो लगानीकर्ताहरु लगानी भित्राउने विषयमा प्रमुुख स्रोतका रुपमा रहेका छन् । भारतमा सन् २०१९ मा वैदेशिक पोर्टफोलियो लगानीमार्फत १८ बिलियन डलर लगानी भित्रिएको थियो ।