काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

कम्पनीको असोज २१ ग्ते बसेको ३३७ औं बोर्ड बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

चिलिमे हाइडोपावरले आर्थिक वर्ष २०७३/७४ मा ९६ करोड ६३ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९५ करोडको उचाईमा पुुग्नेछ ।