काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशसँगै वार्षिक साधारणभासको मिति पनि तय गरेको छ। 

बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश अनुमोदन २५ औँ वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्ताविभा लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।