सन् २००० को सर्वेक्षणमा जम्मा ४८.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवन यापन गरेको बताएका भएपनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६०.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुशी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ । उच्च शिक्षा आर्जन गरेका बूढाबूढी निम्न शिक्षा पाएका बूढाबूढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ ।
सर्वेक्षणमा जम्मा ५२.१ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए ।
सर्वेक्षणमा कुनैपनि व्यक्ति बूढो हुँदैगएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षण अनुसार ६०–६४ उमेर समूहका ६२.३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताए छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५.७ प्रतिशत बूढाबूढीले सुखसाथ बाँचेको बताए ।
यसैगरी ६०–६४ उमेर समूहका ५.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुशी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७.६ प्रतिशत बूढाबूढीले आफूहरूलाई सहज जीवनयापन नहुने गरेको बताए ।
कुनैपनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago