काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण चिनियाँ अर्थव्यवस्थामा ठूलो गिरावट देखिएको छ।

यो वर्षको पहिलो त्रैमासमै चीनको जीडीपीमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावट सन् १९९२ पछिकै सबैभन्दा धेरै हो। तर पछिल्लो त्रैमासको तुलनामा यो गिरावट अझै बढी ९.८ प्रतिशत रहेको छ। 

कोरोना रोकथामका लागि चीनभर लकडाउन गरिएको थियो। जसका कारण विगत साढे २ महिनादेखि व्यापारव्यवसायसँगै निजी तथा बहुराष्ट्रिय कम्पनीहरु बन्द अवस्थामा थिए। यसले यहाँको अर्थव्यवस्थामा ठूलो असर पुगेको विज्ञहरु बताउँछन्।

महामारी फैलिएपछि चीन विश्वमै पहिलो यस्तो देश बनेको छ जसले अर्थव्यवस्थामा परेको प्रभावका सम्बन्धमा आधिकारिक आँकडा जारी गरेको छ। चिनियाँ अधिकारीहरुले अर्थव्यवस्थामा आएको ठूलो गिरावटका बाबजुद पनि रोजगारीको अवस्था स्थिर छ। हाल चीनको बेरोजगारीको अवस्था ६.२ प्रतिशतमात्र रहेको छ।

यद्यपि चीनले जारी गरेको अर्थव्यवस्था समिति यो आँकडालाई विश्वास गर्ने अवस्था छ त भन्ने प्रश्न पनि उठिरहेका छन्। तर चिनियाँ अधिकारीहरुले भने कोरोनाका कारण केही समयका लागि चीनको अर्थव्यवस्थामा प्रभाव परे पनि लामो समयसम्म विकासमा कुनै प्रभाव पर्ने सम्भावना नरहेको बताउँछन्। ‘चीनको अर्थव्यवस्थाको धेरोहर मजबुत छ’, उनीहरु भन्छन् , ‘त्यसमा कुनै बदलाव भएको छैन र आर्थिक सुधारमा घरेलु मागमा पनि बढोत्तरी हुनेछ।’ – एजेन्सी