काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूले बुुनेको जालमा आफैं फसिरहेका छन् । ट्रम्प अक्सर उनका प्रतिद्वन्द्वी जोई बिडेन सत्तामा आसिन बने चीनले अमेरिका माथि कब्जा जमाउने बताउने गर्छन् । तर, एउटा आश्चर्यचकित पार्ने खुुलासाका अनुुसार ट्रम्प आफू स्वयम् नै चीनको ऋणमा डुुबेका छन् ।
पोलिटिकोको एउटा रिपोर्टका अनुुसार डोनाल्ट ट्रम्पका रियल स्टेट पार्टनरले सन् २०१२ मा न्यूयोर्कमा बनेको ट्रम्पको एउटा आलिसान भवनका लागि एक अर्ब डलरको ऋण लिएका थिए । यो एक अर्ब डलरमध्ये २१.१ करोड डलरको ऋण बैंक अफ चाइनाबाट लिइएको थियो, जुुन अमेरिकामा यस्तो प्रकारको पहिलो ऋण हो र यो ट्रम्प यदि दोस्रो कार्यकालका लागि राष्ट्रपति बने भने सो बेलासम्म परिपक्व हुनेछ।
म्यानटहनमा रहेको ट्रम्प टावरका अलावा ४३ तलाको १२९० एभिन्युु अफ ल अमेरिकाज स्काइक्राइपर सहरको एउटा पूरै ब्लकमा फैलिएको छ । यो प्रोपर्टीको मूल्य १ अर्ब डलरभन्दा धेरै छ र यसमा ट्रम्पको ३० प्रतिशत हिस्सेदारी रहेको छ ।
यो भवन ट्रम्पको आलिसान भवनमध्ये एक हो । सन् २०१६ को निर्वाचनको प्रचारप्रसारका क्रममा ट्रम्पको यो भवनलाई लिएर अनेक प्रकारका अड्कलबाजीहरु भएका थिए । सन् २०१२ मा जब बैंक अफ चाइनाबाट यो भवनका लागि ऋण लिइएको थियो, त्यसबेला कसैले यस विषयमा ध्यान दिएका थिएनन् ।
ट्रम्पको बैंक अफ चाइनासँगको सम्बन्ध तब चर्चामा आयो, जब उनले निर्वाचन अभियानका क्रममा जोइ बिडेन कम्युुनिष्ट देश र अमेरिकाको मुुख्य आर्थिक प्रतिद्वन्द्वीबाट प्रदान गरिएको एक उपहार भएको दाबी गरे ।
ट्रम्पको यस्तो भनाईपछि बैंक अफ चाइनाले शुुक्रबार साँझ एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा बैंकले सन् २०१२ मा यो भवनका लागि ऋण दिइएको केही साता पछि यो ऋणलाई बेचिएको थियो भनेर उल्लेख गरेको छ । यो भवनमा ७० प्रतिशत हिस्सेदारी वोरनाडो रियाल्टी ट्रस्टको रहेको छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago