काठमाण्डौ । दशककै सबैभन्दा खराब त्रैमासपछि चीनको अर्थतन्त्र फेरि वृद्धितर्फ लम्किरहेको छ।
चीनको अर्थतन्त्रमा देखिएको यो वृद्धिले कोरोनाकालपछिको पुुनरुत्थानलाई संकेत गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र गत वर्षको तुुलनामा अप्रिलदेखि जुुन महिनाको अवधिमा ३.२ प्रतिशतले बढेको छ।
मंगलबार प्रकाशित सरकारी आँकडाका अनुसार यो वृद्धि रिफिनिटिभमार्फत विश्लेषकहरुले गरेको २.५ प्रतिशतको प्रक्षेपणभन्दा बढी हो। चीनको अर्थतन्त्रमा देखिएको यो वृद्धिले त्यहाँको आर्थिक मन्दीलाई टारेको जनाइएको छ।
यो वर्षको पहिलो त्रैमासमा १४ ट्रिलियन डलरको अर्थतन्त्रमा ६.८ प्रतिशतको संकुुचन देखिएको थियो। यो संकुुचन चीनले आधिकारिक आँकडा सार्वजनिक गर्न थालेको सन् १९९२ पछिकै सबैभन्दा खराब पहिलो त्रैमासिक रिपोर्ट हो। यसका साथै यो संकुुचन सन् १९७६ पछिकै पहिलो संकुुचन हो।
अहिले देखिएको आर्थिक वृद्धिले चीन कोरोनाकालपछिको पुनरुत्थानतर्फ अग्रसर भएको संकेत गरेको छ। यसले विश्व अर्थतन्त्रलाई समेत शुुभ समाचार प्रदान गरेको छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19