काठामान्डौ । चीन सरकारले प्रतिबन्ध लगाएसँगै बिटक्वाइनको मूल्यमा पहिलो गएको छ।
कुनै बेला प्रतिइकाइ ६१ हजार अमेरिकी डलरबराबर मूल्य पुगेको चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन हाल ३२ हजार ७०० डलरमा क्वाइन डेस्क मार्केटमा कारोबार भएको छ । गएको २४ घन्टामात्रै बिटक्वाइनको मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ।
यसरी गिरावट आउनको मुख्य कारण अहिले फेरि चीन सरकार क्रिप्टोकरेन्सीहरुप्रति अनुदार बन्नु नै रहेको छ। चीन सरकारले सोमबार पुनः मुख्य भुक्तानी तथा उत्खनन कार्यमा क्रिप्टोकरेन्सी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
योसँगै अन्य क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ। सोमबारमात्रै इथेरियम १४ प्रतिशतले गिरावट आएको छ भने डोजीक्वाइन उच्च बिन्दुबाट ४१ प्रतिशत गिरावट आएको छ ।
केही समयदेखि लगातार नकारात्मक समाचार आउँदा क्रिप्टोकरेन्सीहरुको मूल्यमा प्रभाव पर्दै आएको छ। चीनको प्रतिबन्धले क्रिप्टोकरेन्सीको व्यापार तथा बजारमा ठूलो नाक्सानी हुने देखिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19