काठमाण्डौ । अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो। सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब १ अर्ब डलर युआनमा भुक्तान गर्ने लक्ष्य राखेको छ।
यो भुक्तानीपछि युआनमा करिब ७९ करोड डलरको मासिक आयात पनि चीनलाई युआनमा भुक्तानी गरिनेछ।
चिनियाँ राजदूत सु सियाओलीसँगको भेटपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मासाले यस निर्णयको कारण डलरको अभावलाई हटाउनु रहेको बताएका छन्।
अर्जेन्टिनामा खडेरीका कारण कृषिजन्य वस्तुको निर्यातमा तीव्र गिरावट आएका कारण यसको डलर रिजर्भ कमजोर भएको बेला यो निर्णय गरिएको हो।
गत वर्ष नोभेम्बरमा अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय सञ्चिति बढाउन चीनसँग ५ अर्ब डलर सहटी गरेको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19