काठमाण्डौ । संसारभर कोरोनाभाइरसले त्रास फैलाइरहेको बेला चीनमा देखा परेको हन्ता भाइरसले मानिसलाई थप त्रसित बनाएको छ। 

चीनमा हन्ता भाइरसको कारण २३ मार्चमा एक व्यक्तिको मृत्युु भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशन गरिरहेका छन् । 

ग्लोबल टाइमको अनुुसार हन्ता भाइरसका संक्रमित जुुन बसमा सवार थिए, त्यो बसका ३२ जनाको जाँच गरिएको छ । चीनमा यो भाइरसले मृत्युु भएको खबर बाहिरपछि ट्वीटरमा ह्याचट्याग हान्ता भाइरस टप ट्रेन्डमा परेको छ । कोरोनाले आक्रान्त बनेका मानिसहरु हान्ता भाइरसप्रति आफ्नो प्रतिक्रिया र डर सामाजिक सञ्जाल मार्फत व्यक्त गरिरहेका छन् ।

तर भयभित हुुनुुचन्दा यो भाइरस के हो र यो कसरी सर्छ भनेर जान्न जरुरी छ । 

हन्ताभाइरसको लक्षण
सीडीसीको रिपोर्टअनुुसार हान्ता भाइरस मुसाबाट मानिसमा सर्ने गर्दछ । मुुसाको मलमुुत्रको सम्पर्कमा आएर यदि कसैले आफ्नो मुुखमा छुुन्छ भने त्यस्ता व्यक्तिलाई यो भाइरस सर्ने गर्दछ । तर, अहिलेसम्म यो भाइरस मानिसबाट मानिसमा भने सरेको छैन । हन्ताको संक्रमण भए नभएको थाहा पाउन एक देखि आठ हप्तासम्म लाग्न सक्ने बताइएको छ । 

हन्ताबाट संक्रमित व्यक्तिलाई ज्वरो आउने, दुुखाई हुुने, रुघा लाग्ने, जीउ दुुख्ने, बान्ता आउने, जस्ता लक्षणहरु देखिने गर्छन । यो भाइरसले च्याप्दै गर्दा कलेजोमा पानी जम्ने र श्वासप्रश्वासमा समस्या हुुने गर्दछ । 

जनवरी २०१९ मा यो भाइरसबाट पेटागोनीयामा ९ जनाको मृत्युु भएको थियो । त्यसपछि हन्ता भाइरसको ६० वटा घटना बाहिर आइसकेका छन् । जसमध्ये ५० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । 

सिडसीका अनुुसार हन्ताभाइरसबाट मृत्यु हुुने दर ३८ प्रतिशत रहेको छ। यो भाइरसको कुुनै पनि विशेष औषधि र उपचार छैन ।