काठमाण्डौ । केही हप्ताअघि चीनले कोरोना भाइरसमाथि जित हासिल भएको सगौरव घोषणा गरेको थियो । तर चीनका केही शहरहरुमा रहस्यमय ढंगले पुनः कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन् ।
डेली मेलको एक रिपोर्टअनुसार चीनका २ ठूला शहरमा वुहानको शैलीमा कडा लकडाउन जारी गरिएको छ ।
चीनको उत्तरपूर्वी इलाकामा अवस्थित डोङबेई क्षेत्रमा कोरोना भाइरसको नयाँ खतरा पैदा भएको हो । ब्लुमबर्गको एक रिपोर्टअनुसार १०.८ करोड जनसंख्या रहेको डोङबेईले कडा लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ ।
जिलिन प्रोभिन्समा रेल तथा बसको सुविधा बन्द गरिएको छ । स्कूल समेत बन्द गरिएको छ भने त्यहाँका हजारौं मानिसलाई क्वारेन्टिनमा राखिएको छ । तर, आधिकारिक रुपमा भने जिलिनमा कोरोना भाइरसका ३८ वटा केश मात्र भेटिएको दाबी गरिएको छ ।
मंगलबार मात्र चीनको उत्तरपूर्वी क्षेत्रको जिलिन शहरका २ अस्पताललाई कोरोना भाइरसको उपचारका लागि विशेष अस्पताल तोकिएको छ । ठूलो संख्यामा कोरोना आशंका गरिएकाहरुको यी दुई ठूला अस्पतालमा उपचार गरिनेछ ।
जिलिन राज्यका २ शहरमा निकै कडा लकडाउनको घोषणा गरिएको समाचारमा उल्लेख छ । यसपछि आसपासका अन्य शहरमा समेत कोरोना संक्रमण फैलिने आशंका गर्न थालिएको छ ।
चीनले एकातर्फ बुहानको लकडाउन खोलेर अवस्था सामान्य रहेको विश्वलाई सन्देश दिन खोजिरहेको छ । तर, यही बीचमा ठूलो संख्यामा संक्रमित देखिन थालेपछि अनेकन आशंकाहरु पैदा हुन थालेका समाचारमा उल्लेख छ । चीनमाथि प्रारम्भदेखि नै कोरोना संक्रमित र मृतकको संख्या ढाटेको आरोप लाग्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago